Thursday, December 8
Shadow

आफ्नो बदनाम नगरिदिन गायिका समिक्षा अधिकारीको आग्रह

काठमाडौँ ।

 

लामो समय पछी गायिका समिक्षा अधिकारीले आफ्नो मुख खोल्दै , आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन , क्षतिपूर्ति बापतकोउक्त रकम लिने मेरो मनसाय पनि छैन।

 

उनको स्टाटस जस्ताको तस्तैमलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा मेरो हार्दिक नमस्कार यहाँहरूसबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु ।

 

उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।सामाजिक सञ्जालमा मेरो वि’रुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ।

 

कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरोसमस्यालाई नियालिदिनुहोला।बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।