Monday, June 5
Shadow

हार्दिक बधाई, रबि लामिछाने चितवन देखि निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना, सेयर गर्नुस

बिहानको पौने ८ बजेको छ ।

 

भरतपुर–४, लंकुमा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो किरिङरिङ आवाज गुञ्जिरहेको छ । तर आसपास कुनै मन्दिर वा धार्मिक सभा चलेका छैनन् ।महिलाहरु स्वतस्फूर्त भेला भएर घन्टी बजाइरहेका छन् ।

 

यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा यो आवाज घन्किएको हो ।पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन्, ।

 

 

यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु ।’उनले टोलका सबै महिलाहरुले सल्लाह गरेरै सभामा जम्मा भएको बताइन् ।विदेशमा छोराछोरीले दुःख पाउँदा जनताले पैसा उठाएर झिकाउनुपर्छ, सरकार केही गर्दैन ।