बुधबार , जेठ ४, २०७९

बिकास गर्न भिजन चाहिन्छ, त्यो भिजन मसँग मात्र छ, काम गर्न मौका दिनुस नेपाललाई जापन बनाउछु: डा. बाबुराम भट्टराई

माघ ५, २०७८ बुधबार 202

जनता समाजवादी ।

पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफ हाँकेर मुलुकमा विकास र समृद्धि ल्याउन नसकिने बताउनु भएको छ।राष्ट्रिय व्यपार संघले आईतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकासका लागि विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताउनुभयो।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आ´रो´प लगाउनुभयो। कार्यक्रमा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्छ। अनि मात्रै देश बन्छ। गफ हाँकेर होईन, ।

गुड्डी हाँकेर होइन।’राजनीतिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उहाँले आ´रो´प लगाउनुभयो। त्यस्तै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन ।

मिलाउनुपर्नेमा जोड दिनुभयो।देश बिकास गर्ने भिजन आफुसँग प्रसस्त रहेको भन्दै आफुलाई मौका दिएमा देशलाई प्रगतीपथमा अगाढी बढाउने प्रण गर्नुभयो।

प्रतिकृया दिनुहोस्