Thursday, December 8
Shadow

देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्छ : प्रधानमन्त्री देउवा

चितवन ।

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जितेमा देश धनी हुने दाबी गर्नुभएकाे छ ।लोक तान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

 

गठबन्धनले जितेमा राष्ट्रियता एकता कायम हुने दाबी समेत उहाँले गर्नुभयाे । प्रधानमन्त्री देउवाले गठबन्धन एकताबद्ध भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने दाबी गर्नुभयाे  ।

 

आगामी तीन वटा चुनावसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै उहाँले इमान्दारीसाथ गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।संविधानकाे रक्षासँगै विकास समृद्धिका लागि मंसिर ४ काे चुनाव गठबन्धनले जित्नैपर्ने प्रधानमन्त्री देउवाकाे भनाइ छ ।

 

भरतपुर ए‍ेतिहासिक ठाउँ भएकाे भन्दै उहाँले विजयकाे सुरुआत भरतपुरबाटै गर्नुपर्ने बताउनुभयाे । ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न ।

 

र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको समेत देउवाले बताउनुभयो ।