चितवन, २७ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।
उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक भएको छ ।
पार्टी सभापति रवि लामिछानले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक गर्नुभएको हो । पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।
पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे ।
मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु ।
तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’ लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताउनुभयो ।