Tuesday, November 29
Shadow

सन्दीपबारे मध्यरातमा आयो अर्को फैशला, देशका मै हु भन्ने वकिल नै अचम्मित

काठमाडौं ।

 

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ ।बिहीबार थुनछेक बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो ।

 

बिहीबार लामिछानेको तर्फबाट बहस भएको थियो भने शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका हुन् । जवाफी बहस सकिएसँगै केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । अब सन्दीपले थुनामा बसेर वा बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ ।

 

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरी लाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

 

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

 

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।लामिछा नेविरुद्ध नाबालिकामाथि ।

 

जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो