Friday, December 9
Shadow

सन्दिप लाई फसाउन वकिल हरुको ठुलो हात नाबालिका बेहोस

काठमाडौं जिल्ला ।

 

अदालतले ब’ ला त्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

 

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ। अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म सन्दीप कारागारमै रहनेछन्। वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, सविता भण्डारी बराल, कृष्ण  प्रसाद सापकोटा, रमणकुमार श्रेष्ठ, अधिवक्ताहरु रोशनी पौडेल, सुधा रिजाल, मुरारी ।

 

सापकोटा, प्रविण सुवेदी, अनुराग सुवेदी, सुवास पाठकले सन्दीप का तर्फबाट बहस गरेका थिए।उनीहरुले साधारण तारेख वा जमानत लिएर सन्दीपलाई छाड्न गरेको आग्रहलई अदालतले स्वीकार गरेन। उनीहरुले पीडितको जन्मदर्ता र नागरिकतामा फरक उमेर रहेको भन्दै जन्मदर्तालाई आधार मान्दा निजको उमेर १९ वर्ष हुने दाबी पेश गरेका थिए।

 

यस विषयमा अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ। साथै पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउन पनि भनिएको छ ।

 

सन्दीपलाई कारागार पठाउँदै गर्दा अदालतले पीडितको भनाई, मिसिल संलग्न सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादी (सन्दीप) को बयान ब्यहोराबीच आपसमा तादाम्यता रहेको पाइएको उल्लेख गरेको छ। ‘पीडितसँगै प्रतिवादी रातभर एउटै कोठामा रहेकोमा विवाद देखिँदैन।

 

सिसिटिभी फुटेजको दृश्यलाई प्रतिवादीले अन्यथा भनेका छैनन्।’ आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी निर्दोष छन् भनी मान्न मिलेन।’सन्दीपले आफ्नो जिम्मेवारी र सार्वजनिक जीवनलाई समेत ख्याल नगरेको विषयमा पनि न्यायाधीशले प्रश्न उठाएका छन्।