काठमाडौं ।
बला,त्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेका वकिलले पी,डित नाबालिग नभएको प्रमाण अदालतमा पेस गरेका छन् । जिल्ला अदालत काठमाडौंमा पीडित र पीडक दुवैको बयान सकिएपछि दुबैतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
बुधबार सन्दीपका तर्फबाट दुई जनाले बहस गरेका छन् । बहसका क्रममा उनका कानुन व्यवसायी मुरारी सपाकोटाले पी,डित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।
यस्तै सन्दीपका तर्फबाट बहस गरेकी अर्की कानुन व्यवसायी रोशनी घिमिरेले सन्दीपलाई धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् । उता पीडि,त युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् ।
यस्तै ३ जना विभिन्न महिला अधिका रवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् । थुनछेक बहस बुधबार पनि सकिने सम्भावना कम रहेको छ । थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।