Thursday, December 8
Shadow

ढुङ्गा प्रहार भएको हल्ला चलेपछि समिक्षा अधिकारीले बल्ल मुख खोलिन, अर्कै रहेछ वास्तविकता !

काठमाडौं  ।

 

चर्चित गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्र’हार भएको हल्ला चलेको छ। समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्र,हार भएको खबर यतिबेला भाइरल भएको हो। समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको भन्ने खबर छ ।

 

समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र’हार भए लगत्तै कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

 

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापन को उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिनुको साथै पीडित भएकी हुन् ।

 

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।

 

पल निर्दोष भनेर पल समर्थकले नाराबाजी गरेपनी अन्ततः उनी दोषी ठहर भैइ जेल चलान भएका हुन । कानुनले समिक्षालाई निर्दोष र शाहलाइ दोषी घोषणा गरि सजाय दिएपनी अधिकारी माथी ढुङ्गा प्रहार गर्नु ।

 

कानुनी तथा सामाजिक रुपमा गलत हो ।एक पीडितले न्याय पाएकोमा खुसी हुनुपर्ने तर उल्टै उनीमाथि जाइलाग्नुल्व नेपालीको हैसियत कस्तो भनेर छर्लङ्ग पार्दछ । अलिकति नाम चल्यो र मीठो बोल्न सक्यो भन्दैमा त्यो मान्छेले गल्ती नै गर्दैन भन्ने जुन गलत सोच नेपाली समाजमा हावी भएको छ त्यसले एकदिन ठूलो रुप लिनेछ ।