Sunday, December 4
Shadow

मेरो बुवा विश्वकै एक बिकास प्रेमी नेता हुनु हुन्छ : रेणु

भरतपुर ।

 

संघ र प्रदेश निर्वाचन नजिक आउँदै गर्दा माओवादी प्रवेशको लहर चलेक्क छ । देशभर दैनिक हजारौंको संख्यामा माओवादी प्रवेश गरिरहेका छन । चुनावक्क वेला राजनैतिक माहोल बनाउन प्रवेशको महत्त्वपूर्ण भुमिका हुने गर्दछ । अहिले प्राय सबै पार्टीले अन्य दलका कार्यकर्ताहरु भित्र्याउने अभियान नै चलाएका छन ।

 

गठबन्धनले गर्दा जित सुनिश्चित हुने भएकाले एमाले भन्दा कांग्रेस माओवादीमा धेरैले प्रवेश गरिरहेका छन । शक्तिशाली नेता देखि साधारण कार्यकर्तासमेत फुलमाला लाएर पार्टीमा प्रवेश गरिरहेका छन पार्टी प्रवेशकै क्रममा चितवनले भने रेकर्ड तोडेको छ।

 

चितवनका हरेक कार्यक्रमा सयौंको संख्यामा माओवादी प्रवेश गर्ने क्रम जारी छ । हिजो भने त्यो संख्याले रेकर्ड तोडेको हो । हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथि भएको कार्यक्र ममा शक्तिशाली बेतासहित हजारौंको संख्यामा माओवा दीमा प्रवेश गरेका छन ।

 

प्रवेश गर्नेहरु धेरैजसो एमाले भएपनि सबै दलहरुबाट माओवादीमा आएको एक नेताले बताए हिजोसहित गरि करिब १० दिनको अन्तरालमा चितवनमा मात्र अन्य द्दलहरु परित्याग गरि १० हजार जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । प्रवेश गर्नेमा ठुला नेता देखि साधारण कार्यकर्ता छन ।

 

संघीय निर्वाचनको नजिकिदै जाँदा चितवनमा माओवादी प्रवेश गर्नेको लर्को लागेको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ।

 

नव प्रवेशीहरुलाई खादाँ लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्ये जनताको अवस्था बदल्ने रहेको बताउनुभयो ।प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताउनुभयो ।