Friday, December 9
Shadow

नेपालकै टप वकिलको चल्यो जादु, सन्दीपको पक्षमा अहिलेसम्मकै बलियो प्रमाण पेस, सन्दीप आज छुट्ने ?

काठमाण्डौ ।

 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।हिजो बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखि एको हो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो ।

 

सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् ।

 

आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताउनुभयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘हामीले पुरानै प्रमाणहरू पेस गर्‍याैँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ ।उनको अस्पतालको कागज, उनको संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट नाबालिग होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’