गुल्मी -२ मा
बाम गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन ।आज इस्मा गाउँपालिका -४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ।
साथै नेतृ झाँक्रीले भनिन “ यस पटकको निर्वाचन इतिहास बनाउने निर्वाचन हो,पुरानो बाटो भत्काएर नयाँ बाटो बनाउने अवसर यो अवसर बाट कोहि पनि नचुकौ ” ।
यो देशको बिकास गर्ने एक मात्र महिला मन्त्री मै हो त्यसैले मलाइ भोट गर्नुहोस : नेतृ झाँक्री