नेकपा माओवादीका केन्द्रका ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएकाहरुलाई मंसिर ४ पछि विशेष अवसर दिने आश्वासन दिनुभएकाे छ ।बाम लोकता न्त्रिक गठबन्धनले शनिबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बाेधन गर्दै ।
अध्यक्ष प्रचण्डले टिकट नपाएका।हरुलाई मंसिर ४ पछि बन्ने गठबन्धन सरकारमा राजनीतिक नियुक्ति तथा राजदूतमा अवसर दिइने बताउनुभयाे ।सानातिना कुरा बिर्सेर गठबन्धनका उम्मेदवा रलाई जिताउन उहाँले नेता-कार्यकर्तालाई अपिल गर्नुभयाे ।
प्रचण्डले भन्नुभयाे – ‘गठबन्धनकाे पक्षमा जनमत सृजना गर्ने, गठबन्धनका उम्मेदवारलाई विजयी गराउने, भित्र मन जति दुखेकाे भएपनि राष्ट्रका अगाडि ती सबै सहायक हुन्छन्,संविधान, लाेकतन्त्र,गणतन्त्र र राष्ट्रकाे रक्षाका।
निम्ति गठबन्धनले बहुमत ल्याउनुपर्छ, त्यसपछि अवसरै अवसर हुनेवाला छ, हामीले जित्याैं र सरकार बन्याे भने अहिले टिकट नपाएका कैयाैं साथीहरु ठूलाठूला राजनीतिक नियुक्तिमा जान सक्नुहुन्छ,कैयाैं राजदूत भएर जान सक्नुहुन्छ,।
संवैधानिक नियुक्तिमा पनि अवसर पाइनेछ, राष्ट्रिय सभा पनि छ ।’गठबन्धनले चुनाव नजिते धर्ती भासिने र आकाश खस्ने भन्दै उहाँले एकता र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयाे । चुनावपछि अवसरै अवसर पाइने भएकाले मन नखुम्च्याउन समेत प्रचण्डले आवश्वासन दिनुभयाे ।