Thursday, December 8
Shadow

घरमा आगलागी हुँदा भाइ टिका लगाउन घरमा आएकी दिदि, बुबा, श्रीमती र छाेराको मृ’त्यु

काठमाडौं : ललितपुरको मंगलबजारस्थित एक घरमा ग्यास सि’लि’ण्डर वि’ष्फाे’ट हुँदा चार जनाको मृत्यु भएको छ। आगला गीबाट दुई जना घाइते भएका छन्।

 

स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको चार तले कच्ची घरमा आगलागी हुँदा आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी छोरी अन्जना, बुहारी रत्ना र नाति रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। नातिको परिचय खुलेको छैन। छोरा निरज ताम्राकार र सिर्जना ताम्राकार घाइते छन्। सिर्जना को अवस्था गम्भीर छ।

 

प्रहरीका अनुसार मृत्यु हुनेमा निरज ताम्राकारकाे बुबा, दिदी, श्रीमती र छाेरा हुन्। प्रहरीले वि’ष्फो’ट आवाज आएकाले ग्यासको सि’लि’ ण्डर वि’ष्फो’ट भएको हुन सक्ने जनाएको छ। ललितपुर प्रहरी प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बेलुकी पौने सात बजेतिर घरमा वि’ष्फो’टको आवाज आएलगत्तै आगलागी भएको बताइन्।

 

उनले घरमा कति जना थिए भन्ने एकिन नभएको बताइन्। ‘घर भित्रबाट चार जनाको शव निकालिएको छ, दुई जना हामफालेर घाइते भएका छन्’ बज्राचार्यले भनिन्, ‘नेवार समूदायको म्हः पूजा मनाउँने दिन भएकाले नातेदारहरू पनि आएको भन्ने सुनिएको छ तर एकिन भएको छैन।

 

घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। तीमध्ये दुई जना घाइते छन्। उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ। चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न नसकेको उनले बताइन्। आगाे नियन्त्रणमा आइसकेकाे उनले जानकारी दिइन्। घाइतेकाे पाटन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

यो पनिकाठमाडौँ । तिहारको समय मानिसहरु घर गएको र रमाइलोमा व्यस्त भएको मौका पारेर काठमाडौं उपत्यकाका ठाउँ ठाउँमा चोरी भएको छ। प्रहरीका अनुसार तिहारको रमाइलोमा व्यस्त भएका बेला नायिका प्रियंका कार्कीको घरमा पनि चोरी भएको छ।

 

ललितपुर महानगरपालिका-१८ भैंसेपाटी महतो मार्गस्थित नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका गहनासमेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ। प्रहरीका अनुसार कोठामा कोही नभएको मौकामा चोरी भएको हो।

 

यसबारेमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ।त्यसैगरी भक्तपुरकोसूर्यविनायक नगरपालिका-४ दधिकोट संगमटोल बस्ने ६८ वर्षीय नगेन्द्र प्रसाद पौडेलको घरमा पनि चोरी भएको छ।घरबाट सुनका गहना,नगद र तामाको थाली ३ थानसमेत ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।

 

बर्दियाको गुलरिया नगरपालिका-४ संगमबस्ती टोल बस्ने प्रताप पोखरेलको घरबाट सुनका विभिन्न गहना, नगद ५५ हजार रुपैयाँ र मोबाइल २ थान समेत गरी ४ लाख ६९ हजार ५ सय रुपैयाँ बराबर को धनमाल गएराति चोरी भएको छ। ती स्थानमा तत्काल नजिकै को प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको छ।