Thursday, December 8
Shadow

काम गर्दा कसैले रोक्न खोजे संबिधानको फुल पावर प्रयोग गरेर ठिक गर्छु – मेयर बालेन

मलाई संविधानले फुल पावर दिएकै छ ।

 

त म कस्को, केकोलागि रोकिउँ म लागिरहन्छु डटिरहन्छु ; बालेन शाहा ( सहमत हुनेले सियर गरो )काठमाडौं । काठमाडौँ महान गरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् ।

 

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले कानुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउनेहरुलाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आफ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन् ।

 

प्रेस विज्ञप्ती अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ ।

 

आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन् ।साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने ।

 

र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउ नेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् ।महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।

 

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो ।