Sunday, December 4
Shadow

काठ्मान्डौका मियर बालेन हिमानि शाहालाइ भेट गरी तिहारको शुभकामना दिनु भयो

काठमाडौं ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् ।

 

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् ।

 

बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन ।

 

अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’ बालेनले लेखेका छन् । यो पनि पढ्नुहोस यदि तपाई प्रधानमन्त्री हुनुभयो ।

भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ । भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको ।

 

संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ । गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ ।

गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (मा ओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

 

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

 

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।