Thursday, December 8
Shadow

धनगढी पुगेर माधव नेपालले भने म पनि काँग्रेस हुँ

नेकपा एकीकृत ।

 

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

 

‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुदैन।’गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए। यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।

 

धनगढीमा गठबन्धनका ठूला नेताहरु: सत्ता गठबन्धनका नेताहरु प्रदेशस्तरीय भेला तथा प्रशिक्षणका लागि धनगढी पुगेका छन्। सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत धनगढी आएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उनीहरुसँगै छन्।

 

सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ। संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवार लगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए। कार्यक्रम अहिले जारी छ।

 

 

यो पनि पढ्नुहोस ।

 

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ ।

 

 

नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।