Sunday, December 4
Shadow

जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ?

काठमाडौ महानगरका ।

 

मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् ।मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए ।

 

आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् ।त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो ।

 

बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए ।आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्या एकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् ।

 

बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए । ‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’बालेन प्रश्न गरे । ‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे ।

बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए । ‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने ।

 

शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।