बाबुराम भट्टराई ।
पनि सहमत भएपछि सत्ता गठबन्धनका वाम घटक समाजवादी केन्द्र निर्माणतर्फ अग्रसर बनेका छन्। समाजवादी केन्द्र निर्माणमा पहिले सकरात्मक नदेखिएका भट्टराईले मंगलबार ट्विटमार्फत् आफ्नो सहमति रहेको संकेत गरेका छन्। आफूले उठान गरेको मोडालिटीकै आधारमा समाजवादी केन्द्र बन्न।
लागेको भट्टराईको दाबी छ। शुक्रबार ट्विट गर्दै उनले भनेका छन्, ‘वैकल्पिक शक्ति निर्माणका लागि २ वा ३ बाटा बताएको थिएँ। एक, पुरानै पार्टीहरूको रूपान्तरण। दुई, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण। तीन, शुन्यबाट नयाँको जन्म। अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो ।
र दोस्रोको संयोजन हो है।’नयाँ पार्टी निर्माण गर्ने प्रतिवद्धता जनाएका भट्टराईले समाजवादी केन्द्रमा सहमति जनाएपछि उनीनिकट नेताहरूले भटराईको कदमलाई धोका किन नभन्ने भन्दै प्रश्न गरेका थिए। आफूहरूको प्रश्नबारे भट्टराई मौन रहेको उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।
नयाँ पार्टी निर्माण गर्ने भनेर हामीसँग प्रतिवद्धता जनाउनुभयो। तर समाजवादी केन्द्रमा सहमति जनाएर तपाईंले धोका दिनुभएन र? भनी सोध्दा उहाँले कुनै जवाफ दिनुभएन,’ ती नेताले भने।सत्ता गठबन्धनमा रहेका वामपन्थी घटकलाई समावेश गरेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने प्रस्ताव भट्टराईसमक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार राखेका थिए।
त्यस छलफलमा भट्टराईले नेकपा शब्दप्रति सहमति जनाएका थिएनन्। असार २ मा भट्टराईलाई समेत समावेश गरेर गठबन्धनमा रहेका वाम शक्तिबीच एकीकरण गरेर नयाँ दल बनाउने प्रस्तावसमेत राखिएको थियो। भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नरहने जवाफ दिएका थिए।
३ असारमा गोरखा पुगेका भट्टराईलाई मनाउन माओवादी केन्द्रका नेता वर्षमान पुन गोरखा पुगेका थिए। समाजवादी केन्द्र निर्माणमा भट्टराईसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय सभा सांसद वामदेव गौतम सकारात्मक रहेको नेता पुनले बताए। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मोर्चा बनाउन तयार भएको उनको भनाइ छ।
समाजवादी केन्द्र निर्माणका विषयमा माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम सकारात्मक हुनुहुन्छ। उपेन्द्र यादवसँग छलफल गर्दा उहाँ मोर्चामा बस्ने कुरा भएको छ। साझा घोषणापत्र र अन्य विषय संयोजन समितिमार्फत् टुंगो लगाउने तयारी छ,’ पुनले भने।
आफ्नो बहुमत र आफ्नै नेतृत्वमा स्थिर सरकार सुनिश्चित गर्ने रणनीति सहित नेपाली कांग्रेसअघि बढेपछि समाजवादी केन्द्र निर्माण गर्नुपर्ने निष्कर्षमा वाम घटक पुगेको नेताहरूले बताएका छन्।नेकपा एमालेले आफूहरूलाई वामपन्थी शक्ति नरहेको भन्दै प्रचारबाजी जारी राखेकाले आफ्नो शक्ति देखाउन समाजवादी केन्द्र निर्माणमा गृहकार्य भइरहेको उनीहरूको भनाइ छ।