दाङ ।
दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल भेटिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँस्थित सामुदायिक जंगलमा तालिम प्राप्त कुकुरले रोशनी र शरदको मोबाइल फरकफरक ठाउँबाट भेटाएको हो ।उनीहरूको शव फेला परेकै दिन असोज ३० गते कोहलपुरबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइएको थियो ।
सोही कुकुरको सहयोगबाट मोबाइल फेला पार्न प्रहरी सफल भएको हो ।साथै प्रहरीले रोशनीको चप्पल पनि भेटाएको छ ।
मोबाइल भेटिएकाले अब घटनाबारे अनुसन्धान गर्न सहज हुने अपेक्षा गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
टिपर चालकसहित केही पक्राउउनीहरूको शव फेला परेकै दिन दिउँसो प्रहरीले मकावनपुरको हेटौँडा घर भएका एकजना टिपर चालकलाई नियन्त्रणमा लिएको थियो ।
उनले फोनबाट शरदका हजुरबुवालाई ‘तपाईंको नाति कहाँ छ ?’ भनेर पटकपटक सोधेको तथ्य खुल्न आएको प्रहरीले बताएको छ ।