Thursday, December 8
Shadow

२७ लाख भेटी संकलन ॐ लेखी सक्दो सेयर गर्नु होस

चालु आव २०७९/८० को साउनदेखि ।

 

असोजसम्म ३ महिनाको संकलित रकम आइतबार र सोमबार गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए । उक्त रकम मायादेवी मन्दिरमा आउने आन्तरिक र बाह्य पर्यटकले दान गरेका हुन् ।

गणनालाई पारदर्शी बनाउन सीसी क्यामरा प्रयोग गरिएको थियो । पहिलो दिन ९ बजेदेखि साँझ ५ बजेसम्म २४ जनाले गणना गर्दा १० लाख ८१ हजार र दोस्रो दिन १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटी गणना भए ।

 

को कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ । यसअघि चैत १९ देखि असार २१ गतेसम्म ३ महिनामा २२ लाख ९७ हजार भेटी संकलन भएको थियो ।

 

कोषाध्यक्ष भट्टराईको नेतृत्वमा कोष कर्मचारी, प्रहरी, सशस्त्र, सुरक्षा गार्ड र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटी खोलिएको हो । नेपाली, भारु र अमेरिकी डलर गणना गरेर बैंकमा जम्मा गरिएको छ  ।

 

भने नेपालमा सटही सुविधा नभएका देशका नोट र खुद्रा रकम छुट्याएर राखिएको छ । लुम्बिनी विकास कोषमा बजेट अभाव हुन थालेपछि दानपेटी छिटोछिटो गणना गर्न थालिएको छ ।