Thursday, December 8
Shadow

चर्चित लाईभ दोहोरी गायिका बबिता बानियाँ जेरीको श्रीमान – श्रीमतीको सम्बन्धमा दरार अदालत सम्म पुगेको दृश्य(हेर्नुहाेस् भिडियो)

काठमाडौं ।

 

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री ।

 

यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

 

यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ ।

 

आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डिर्भोस हुने पक्का पक्की नै छ।

 

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।