सानोमा बाबाले ।
सुत्नुअघि आफै बच्चा बनेर सुनाउनु भएको कति त्यस्ता कथा वर्तमान र भविष्यका कहानी बने होलान्। मैले जिन्दगीको यथार्थ के बुझ्थें थाहा छैन तर ‘छोरोले बाबु बुढो हुँदा डोकोमा बाबुलाई हालेर फाल्न लगेको’ कथा सुन्दा त्यो छोरोप्रति उठेको रिस सम्झिँदा मस्तिष्कले त्यति ।
त अड्कल्न त्यति बेलै जानेको रहेछ भन्ने लाग्छ आज। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**आमाले कथा सुनाउने हिस्सा आफ्नो भागमा कहिल्यै राख्नुभएन, यो सधैँ बाबाको भाग थियो। कथा सुनिसक्दा बन्द हुन आँटेका आँखाको अगाडि उभिएर सेलाउन लागेको दूध नसक्काई निदाउन नदिने।
आमाको नित्यकर्म थियो। **भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्**अनि, दिनहुँ कथा सुन्नको लागि ओच्छ्यानमा जान हतारमा रहन्थेँ मेरा पाइला। तर त्यो दूधको गिलासतिर जाने नजर भने सधै हिच्किचाउँथ्यो।
आज लाग्छ, त्यो कथाले कति जीवनको यथार्थ समेटेको थियो। बालापनमा सुनेर रमाउन खोजियो, अहिले गहिराई अड्कल्न खोजिन्छ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**बित्ताले जिन्दगी नाप्दै, अञ्जुलीमा खुसी बटुल्दै, कहिले आफ्नो हिस्साको खुसी जिन्दगीमा समेटिने हो।
त्यो विगतमा कथा सुन्दा मिल्ने खुसी, अहिले कठिनाइका विशाल हण्डर फोर्दा पनि मिल्दैन। खुसीको मूल्य ज्यादा भयो या जिन्दगीको मूल्य कम, यो बुझ्न गाह्रो।