Friday, June 9
Shadow

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार हुन्छ (पुरा पढ्नुहोस)

महिला र पुरुष एकै रथका दुई पाग्रा हुन ।

 

एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । पुरुष र महिलामा को उत्कृष्ट ।समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

 

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद पनि सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।महिलाहरुमा भएका यस्ता गुण क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन ।

 

शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ ।म भित्रको विचार व्यवहार धैर्य सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार बालबच्चा कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् ।

 

तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसार का जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विक सित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ।