Thursday, December 8
Shadow

लामो समयपछि मिल्यो बालेन र हर्कको कुरा, दुबैले गरे यस्तो सहमति

काठमाडौं ।

 

स्वतन्त्र बाट निर्वाचित काठमाडौं महानगरका मेयर बालेन्द शाह र धरान उपमहानगरका मेयर हर्क साङपाङ दुबैजमा यतिबेला देश बिदेशमा भाइरल छन । सिधा नभएपनी घुमाउरोमा तरिकाले एक अर्कामा गरिने टिप्पणीले गर्दा उनीहरुमा केही विवाद हुँदै आएक्क थियो ।

 

मेयर हर्क काठमाडौं प्रवेश गरेपछी एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्तामा काठमाडौंको फोहोरलाई लिएर बालेन लक्षित उनले आफ्ना प्रतिक्रिया दिएका थिए । त्यसपछि शुरु भएको विवाद उनिहरुमा ।

 

मात्र सिमित नभै आ आफ्ना समर्थकहरुमा झन झाँगिएको थियो । कसैले हर्क राम्रो कसैले बालेन राम्रो भन्ने प्रतिक्रिया देश बिदेशबाट आइरहेको थियो ।

 

धरानका मेयर हर्कले बालेनको बिरोध नगरी फोहोरको कुरा गरेको दाबी गरेपनि बालेनका समर्थकहरुले त्यो कुरा पत्याउन सकेनन बरु उल्टै हर्कमाथी खनिए । जब हर्कको पोष्टमा लौरो चिन्ह बारे बालेनले एक प्रतिक्रिया दिए त्यसपछि।

 

विवाद झन उत्कर्षमा पुगेको थियो ।यसले गर्दा जनताले स्वतन्त्र हरुले मिलेर काम गरून् भन्ने सोचाइ माथी नै धक्का पुग्न गयो । करिब १-२ महिना त यो बिषयले उग्र रुप नै लियो । दुबैका समर्थकहरु एक अर्कालाई गाली गलौच गर्न समेत भ्याएका थिए भने केहिले भने दुबै मिल्नुपर्छ भन्दै निरन्तर आवाज उठाइरहेका थिए र छन ।

 

२४ सै घण्टा सामाजिक संजालमा अपडेट गर्ने हर्क र कहिलेकाही मात्र अपडेट गर्ने बालेन बिचको यो विवादले स्वतन्त्रहरु प्रती जनताले दिएको सहानुभूति घटेको देखिन्छ । श्रमदान बाट धरान बनाउने सपना बोकेका हर्क र व्यवस्थित शहर बनाउने योजना बनाएका बालेनमा केही फरक भने पक्का छ ।

 

फुटपाथ र अतिक्रमण गरि बनाएका संरचना हटाउन बल प्रयोग गरेका बालेन र दैनिक श्रमदान गरिरहेका हर्क बिचमा भएका भिन्नताहरु जनताले आ आफ्नो तरिकाले विश्लेषण गरिरहेका थिए बल प्रयोगका क्रममा गरिबहरुको व्यवस्था नगर्दा दैनिक रुवाबासी चलेको काठमाडौंमा सबैको नजर परेको थियो ।

 

जब बिन्ती गर्दा नि ठेलागाडा खोसेको बिषय बजारमा आयो त्यसपछि भने बालेन समर्थकहरु नै सोच्न बाध्य भए ।सोहि क्रममा ठेलागाडा खोसिएकीलाई हर्कले सहयोग गर्ने घोषणा गरे अनि एकाएक माहोल परिवर्तन भयो । पिडितलाई सहयोग गर्ने हर्कको घोषणाले हर्कको महानता भएको टिप्पणी हुन थाले र ह्वात्तै हर्क प्रती सबै सकारात्मक भए ।

 

हर्कको सो घोषणाले अहिले ती पिडितलाई करिब ६-७ लाख सहयोग जुटेको छ । मेयर बालेनले भने यसमा कुनै प्रतिक्रिया दिएका छैनन ।आजभोलि हर्क र बालेन एक अर्कामा नकारात्मक टिप्पणी गरेको देखिदैन ।

 

उनिहरु आफ्नै काममा डटेर लागेका छन समर्थकहरुले एक अर्कामा आरोप प्रत्यारोपण गरि जुधाउन खोजेपनी उनीहरु दुबैले कसैको बिरोध गरेको देखिदैन । उनीहरुले फोन सम्पर्क गरेर एक अर्काको बिरोध नगर्ने सल्लाह गरेको पनि हल्ला सुनिन्छ तर यहि नै हो भन्ने आधार छैन ।

 

जहाँ जसले जे गरेनी हर्क र बालेन मिलुन भन्ने आम नेपालीको भावना छ । हर्क र बालेन मिलाउन समर्थकहरु पनि अराजक हुनुहुदैन ।बालेनलाई सोच्न बाध्य बनाउने यो लेख पढ्नुस