Thursday, December 8
Shadow

वडा अध्यक्ष लामाको चमत्कार, भारतले मिचेको सिमामा लगाए काँडेतार, शेर गर्नुस

कार्तिक, २०७९ ।

 

ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचे,को सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको ।

 

सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

 

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँ,पालिका अध्यक्ष को सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

 

कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सर,कारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडि,एका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

 

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् । छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताक,ता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानीसँग भने,।

 

‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’ विकास बजेट कटाएर काँडेतार वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्या,एर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए ।

 

२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् । ‘आठ वर्षदेखि भारत गएको छैन’ ।

 

भारतसँगको सीमा विवादको विषयकै कारण विग,तदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् । भरतीय पक्षसँगको विवादका कारण पटक–पटक ठोरीमा भएका झडपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए ।

 

धेरै पहिलेदेखिका सीमा विवादका घटनामा उनीहरूको न,जरमा म बाधक छु । कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा विवाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने ।

 

सबै स्थानीय तह ताते विवाद रहँदैन देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनि,धिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् । ‘देशभरका सीमा क्षेत्रमा पर्ने ।

 

स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा विवाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने । खेतीबाली पनि बच्यो’ ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले तारबारपछि ए,कातिर सीमा क्षेत्रमा हुने ।

 

अवैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुसी भएको बताए । तारबार हुँदा दुवैतर्फ हुन सक्ने अवैध गतिविधि रोकिएको छ, अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनाबरबाट खेतीबाली पनि जोगिएको छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् ।