Sunday, December 4
Shadow

अबको प्रधानमन्त्री मै नै हो मलाइ प्रधान मन्त्री हुन कसैले रोक्न सक्दैन :प्रचण्ड

नेकपा माओवादी ।

 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र ।

 

छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् ।‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ । आकांक्षा नै नभएको होइन’ प्रचण्डले भने ।

 

पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडल र लोकतन्त्रको सुदृढिकरणमा ध्यान दिएको प्रचण्डको भनाइ छ ।

 

तर, विगतमा अनुभव र समयको कमीका कारण प्रभावकारी काम गर्न नसकेको भन्दै उनले भने, ‘पहिलो (प्रधानमन्त्रीको कार्यकाल) ९ महिना झिलिमिली भयो त्यो मलाई । दोस्रो पटक अलि सचेत भएर मधेश, पहाड, हिमाल जोड्ने, चुनावतिर देशलाई लैजाने र विकासमा प्रचण्डले गर्न सक्दो रैछ, चाहँदो रैछ भन्ने बनाउन खोजेँ’ प्रचण्डले भने।

 

अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ । उनी भन्छन्, ‘अब त मलाई धेरै अनुभव भइसक्यो । जनताले पनि मलाई भरोसा गरेकै देख्छु म । त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजन मार्फत फड्को हान्न मन छ मलाई ।

 

आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको आफूले ‘स्मेल’ पाएको पनि उनको दाबी छ । ‘शेरबहादुर देउवाजीले पोजेटिभ्ली नै सोच्नुभएको स्मेल आउँछ मलाई । हिजो (३० असोज २०७९) माधवजी (माधवकुमार नेपाल)ले जसरी बोल्नुभयो जनभावना बोलेको जस्तो मान्छु म । एउटा त्यो पनि स्मेल हो म ठान्छु’ प्रचण्डले भने ।

 

असोज ३० गते काठमाडौं क्षेत्र नम्बर २ मा भएको सत्ता गठबन्धन को कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले शेरबहादुर देउवा र प्रचण्डलाई देखाउँदै वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका थिए ।

 

प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने र अवसर आए चाहिएन पनि नभन्ने पटक–पटक दोहोर्‍याए । तर, राजनीतिक दल, वौद्धिक जगत, सुरक्षा निकायका अधिकारीहरु, कर्मचारी क्षेत्रका व्यक्तिहरु सबैले आफूलाई भावी प्रधानमन्त्रीका हेरेर सम्बोधन गर्ने गरेको उनले जिकिर गरे ।

 

अब त प्रधानमन्त्री तपाईं नै हो भन्छन् जता गए पनि । म रेसमा छैन भनिराख्या छु तर, पनि सबैले भन्छन् । म अध्ययन गर्दैछु मान्छेहरु किन मलाई अहिले नै प्रधानमन्त्री जस्तो गरेर हेरिराख्या छन् जताततै ? कहीँ कार्यक्रम भयो भने वक्ताहरुले त्यसरी नै बोल्छन् । हुँदा हुँदा माधव नेपालजीले नै बोलिदिनुभयो । यसले गर्दा मलाई स्मेल त आउँछ ।

 

तर, प्रधानमन्त्री भए ठीक छ तर, नत्र भन्ने खालको मेरो छैन’, प्रचण्डले भनेका छन् ।अन्तर्वार्ताको क्रममा प्रस्तोताले फेरि प्रश्न गर्छन्, ‘गोरखाले आउँदो पाँच वर्षमा अर्को एउटा आफ्नो ठाउँको प्रधानमन्त्री पाउँछ ? प्रचण्डले जवाफ दिए, ‘पाउँछ । यत्ति काम गरियो भने पक्कै पनि पाउँछ ।

 

यत्ति काम भनेर प्रचण्डले गोरखाको विकास, गोरखामा रहेका विकासका ठूला आयोजनाहरु, जलविद्युत आयोजना र पालुङटार विमानस्थल सञ्चालनका साथसाथै सडक निर्माण र भएका सडकको स्तरोन्नती,।

 

जडिबुटी संकलन र प्रशोधन लगायतका क्षेत्रमा काम गर्ने वाचा गरेका छन् । प्रचण्ड यसपटक गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।