Monday, June 5
Shadow

बिगत ५ वर्षदेखी काठमाडौमा सुकुमबासि हौं भन्दै डेरा जमाएर बसेका इन्डियनलाई बालेन टिमले हटायो, (भिडियो)

काठमाडौं ।

 

महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कामलाई निरन्त  रता दिइरहेका छन् । भनिन्छ निरन्तरको प्रयास नै सफलता हो । देशकै चासो रहेको यस महानगरको नेतृत्व गरिरहेका बालेनको रफ्तार नरोकिने देखिएको छ ।

 

उनी आफ्नो कार्यकाल सफल बनाउन कटिबद्ध भएर होसिया  रीपूर्वक काममा लागिरहेका छन् । बालेनले अब यसपछि के गर्लान् भन्ने चासो आम रुपमा बढेको छ ।यसैबीच, महानगरपालिकाको टार्गेटमा रहेका केही संस्थाहरुको ।

 

नाम लिष्ट नै सार्वजनिक भएको छ । नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी १० सहित ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौं महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज शुरू गरेको छ ।

 

कामपाका अनुसार ती निकायहरूबाट झन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ ।कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल,।

 

दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी ।

 

सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो ।चेतावनीपछि अधिकांश निकायले कर तिर्न कामपासँग हिसाबकिताब माग गरेको छ ।

 

वर्षाै देखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै बन्द गराउने चेतावनी पनि दिइएको छ ।