Sunday, December 4
Shadow

हामीलाइ भोट गर्नु होस तिन जना मिलेर देशलाइ सिंगापुर जस्तै बिकास गर्छौ (भिडियो हेर्नुहोस्)

काठमाडौँ ।

 

सत्ता गठबन्धन दलले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीमै गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समा जवादी पार्टीले  ।

 

लोकतन्त्र, संविधा न र विधिको शासनमा र्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठ बन्धनको आवश्यक तालाई मनन् गर्न र गठबन्धनलाई अत्यधिक बहुमतसहित जिताउन आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाज वादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

 

‘नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणत न्त्रात्मक शासन व्यवस्था लाई सुदृढ गर्न ।

 

वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौं ।लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो,’ तीन दलको संयुक्त अपिलमा भनिएको छ ।

 

दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गर्न ।

 

र संवि धानको रक्षा गर्न अहिलेको सत्ता गठबन्धन बनेको र निरन्तरता आवश्यक रहेको दाबी गरेका छन् ।