बुधबार , जेठ ४, २०७९

इतिहासमा मैले जति बिकाश गर्ने नेता यो दुनियाँमा जन्मेको छैन, : केपि शर्मा ओली

माघ ३, २०७८ सोमबार 204

दोस्रो संविधान ।

सभाबाट नेपालको संविधान जारी गर्ने मामलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपालका सबै राजनीतिक पार्टीहरू एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी संविधान जारी भयो । त्यो बेला पनि तत्कालीन नेकपा एमालेका अध्यक्षको हैसियतमा केपी शर्मा ।

ओलीको अडानले ठुलो भूमिका खेलेको थियो ।नेपालमा संविधान सभाबाट नेपालको संविधान जारी भइसकेपछि भारतले अघोषित रूपमा २०७२ सालमा नेपाल प्रति नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको डटेर सामना गर्ने निर्णय गरी सम्पूर्ण नेपालीलाई एकजुट हुन आव्हान गरेका थिए ।

भारतलाई नाकाबन्दी नगर्न विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि आफूहरूले नगरेको मधेशी राजनीतिक दलले नाकाबन्दी गराएका भनी नाकाबन्दीलाई निरन्तरता दिइयो ।तत्पश्चात् तत्काल केपि ओली सरकारले चीनसँग व्यापारिक नाका खुला गर्ने बारेमा चिनिया सरकारसँग दुईपक्षिय ।

वार्ता गरी अन्ततः अन्तर्राष्ट्रिय पारवहन भारतीय भूमि मात्र प्रयोग हुँदै आएकोमा चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता चीन सरकारसँग गरिएको थियो । यसबाट नेपाल जुन रूपमा अन्तर्राष्ट्रिय पारवहनका लागि भारत निर्भर थियो त्यो अवस्था ऐतिहासिक रूपमा ब्रेक भएको थियो ।

तत्कालीन ब्रिटिस इन्डिया कम्पनी सरकार र नेपाल सरकार बिच सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा “नेपालमा श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि ।।

काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सिन्छ र ती देशहरू वा तिनका बासिन्दा हरूसित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन”

प्रतिकृया दिनुहोस्