Sunday, December 4
Shadow

प्रचण्ड पत्नी सीता दाहाल एक्कासी बिरामी भएर आइसीयूमा उपचार

काठमाडौं ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।

 

स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो । अहिले आइसीयूमा उपचार भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो ।सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

 

स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

 

यो पनि :क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् ।

 

उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।

 

उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको ब’यान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै को’ठामा बस्नु बाध्यता भएको पनि बताएका छन् सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसी’टीभी फूटेज देखाएको थियो ।

 

फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो । सन्दीपका अधिवक्ताहरूले पी’डित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।