काठमाडौं २ कात्तिक:नेकपा ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए ।
रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्र ममा जान नसकेको उनले बताए । आज ओली गरेका थिए ।मधेस प्रदेश क्रिकेट छनोटमा सिरहा र धनुषा विजयी:प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पाँचौ संस्करणअन्तर्गत मधेस प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोटमा सिरहा ।
र धनुषा विजय भएका छन् । राजविराजमा सप्तरी क्रिकेट संघको आयोजना तथा मधेस प्रदेश क्रिकेट संघको सहयोगमा मंगलबार सञ्चालित छनोट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महोत्तरी लाई ४ विकेटले पराजित गरेको हो ।
पवि मावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर ३ बलमा १० विकेट गुमाई १७५ रन बनाएको थियो । जसमा रूपेश सिंह ४३ रन, राकेश कामत ४१ रन जोडे । बलिङतर्फ सप्तरीका अजय यादव ४ पप्पु यादव ३ र विकास दास २ विकेट हात पारे ।
जवाफमा सप्तरीले ३४ ओभरमा सबै विकेट गुमाई १ सय ११ रनमै सीमित रहे । जसमा अमित यादव २९ र रोहित सिंह अविजित २० रन बनाएका थिए । बलिङतर्फ सिरहाका प्रदीप पासवान ४ मनोज यादव २ र रूपेश सिंहले १ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच सिरहाका प्रदीप पासवान म्यान अफ दि म्याच घोषित भएका थिए । मंगलबार भएको दोस्रो खेलमा महोत्तरीले टस जितेर ४२ ओभरमा १० विकेट गुमाई १ सय २४ रनको योगफल खडा गरेका थिए ।