Tuesday, November 29
Shadow

चिनियाँ स्टाइलमा अघि बढे बालेन, आज त आफ्नै घरमा चलाए डोजर

काठमाडौं ।

 

महानगरपालिकाले पछिल्लो समय मापदण्ड,विपरीतका संरचना खोजी–खोजी भत्काइरहेको छ । भवन निर्माण गर्दा सडक र फुट पाथ ओगटेका संरचनामाथि निरन्तर डोजर चलिरहेको छ । दुर्भाग्य ! अरूमाथि कारबाही गर्ने जिम्मेवार निकाय महानगरले नै आफ्नै भ,वन निर्माणमा भने मापदण्ड लत्याएको छ ।

 

काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा सूचना केन्द्र स्थापना गर्ने गरी महानगरले बनाएको तीनतले भवन मापदण्ड विपरीत रहेको पाइएको हो । मंसिर ०७७ देखि उपभोक्ता समिति मार्फत ‘सहरी सूचना केन्द्र भवन’ निर्माण सुरु गरिएको थियो ।

 

उक्त भवन निर्माणमा हालसम्म ९० लाख रुपैयाँ खर्च भइसकेको महानगरले जनाएको छ । महानगरले अब उ,क्त भवन भत्काउने तयारी गरेको छ । भवन भत्काउने भएपछि महानगरको लाखौँ रुपैयाँ बालुवामा पानी हालेसरह हुने भएको छ ।

 

भवन मापदण्डभित्र नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन : नवीन मानन्धर, प्रवक्ता कामपा हामीले अहिले अरूका माप दण्ड,विपरीत बनेका भवन भत्काउँदै हिँडेका छौँ । तर, महानगर आफैँले बनाएको भवन मापदण्डमा नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन । भवन बनाउँदा सडकलाई छाड्नुपर्ने ।

 

भाग नछाडी निर्माण ग,रेकाले उक्त भवन भत्काउनुपर्ने देखिएको हो । महानगरका मेयर बालेन्द्र साह नै उक्त भवन मापदण्डविपरीत रहेको र उपयोगी पनि नदेखिएकाले भत्काउन कस्सिएका छन् । मापदण्ड ख्याल नगरी भवन बनाउँदा लाखौँ रकम व्यर्थै खर्च भएको महानगरका प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।

 

उनका अनुसार तीनतले भवनको एक तलामा महा,नगरको सूचना केन्द्र राख्ने, भुइँतलामा ६ वटा सार्वजनिक शौचालय निर्माण गर्ने र अर्को एक तलामा महानगरीय प्रहरी वृत्त बालाजुलाई दिने गरी निर्माण गरिएको थियो ।

 

तत्कालीन मेयर विद्यासुन्दर शाक्यले हचुवाका भर,मा भवन निर्माण गर्दा भवन नै काम नलाग्ने भएको छ । ‘मापदण्डविपरीत बनेका अरूका भवन भत्काउँदै हिँडेका छौँ, तर आफैँले बनाएको भवन मापदण्डअनुसार नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन,’ प्रवक्ता मानन्धरले भने, ‘यो भवन बनाउँदा सडक मापदण्ड ख्याल गरिएनछ ।

 

उनका अनुसार तीन तलासम्मको ढलान गर्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको छ । यसको फिनिसिङसमेत गर्दा करिब तीन करोड खर्च हु,न्छ । तर, मेयर साहले भवन फिनिसिङ नगर्न वडा नम्बर १६ लाई निर्देशन दिइसकेका छन् ।

 

एक वर्षदेखि भवन निर्माण ठप्प०७७ सालमा तत्कालीन मेयर शाक्यले उपभोक्ता समि,तिमार्फत भवन निर्माण गरेका थिए । एक वर्षअघि नै ९० लाख बजेटमा समितिले तीन तलासम्म ढलान गरेको थियो । महानगरले छुट्याएको बजेट सकिएपछि उपभोक्ता समितिले एक वर्षदेखि काम रोकेको थियो ।

तर, बाँकी रकम दिने र फिनिसिङको काम गर्नेबारे महानगरले चासो नदिँदा भवन एक वर्षदेखि अलपत्र छ । भवन निर्माण गर्दा खर्च भएको ९० ला,खमध्ये १५ प्रतिशत लगानी स्थानीयले गरेका छन् । उनीहरूलाई भवनभित्र ।

 

रहेको सार्वजनिक शौचालयको जिम्मा दिने र त्यसबाट उठेको रकम संकलन गर्न दिने सहमति भएको थियो । यो भवन करिब चार आना क्षेत्रफल,मा बनेको छ । भवन बालाजुपार्क क्षेत्रभित्र पर्छ । भवनले सडक क्षेत्र मिचेकाले मेयर साहले त्यसलाई भत्काउने बताउँदै आएका छन् ।

 

‘त्यतिवेला जुन उद्देश्य राखेर भवन बनाए पनि अहिले महानगरको विचार र उद्देश्य फरक भएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘त्यत्रो रकम खर्चेर बनाएको भवन भत्काउन त नहुने हो, तर सडक मापदण्ड मिच्यो ।’

 

करिब १५ वर्षअघि बालाजु सडकखण्ड चौ,डा पार्न यही क्षेत्रमा बनेका ६० भन्दा बढी निजी घर–टहरा भत्काइएका थिए । सोही जग्गामा महानगर आफैँले मापदण्डविपरीत सहरी सूचना केन्द्र भवन बनाएको हो ।