Thursday, December 8
Shadow

हामी दुर्इ जाना मिलेर गोरखा लाइ देखकै नमुना सहर बनाउछौ: प्रचण्ड बाबुराम

काठमाडौं ।

 

नौ अर्ब काण्डले प्रचण्डसँग फेरि वारपार हुने देखिएपछि बाबुरामले नयाँ चाल चलेका छन् । नेपालीमा एउटा उखान प्रख्यात छ, ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु ।’ हाम्रा पुर्खाले त्यतिकै यो उखान बनाएका होइनन् ।

 

बोल्न पाएँ भन्दैमा प्याच्च बोल्दा त्यसले भविष्यमा ठूलो असर गर्छ । विभिन्न उदाहरण नै काफी छ । भनिन्छ, बन्दुकको नालबाट निस्केको गोली जस्तै हो मान्छेको मुखबाट निस्केको बोली ।त्यसैले भन्ने गरिन्छ आवेश र क्रोधका बेला धेरै बोल्नु हुँदैन भन्ने ।

यस्तै बोलीका कारण अहिले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आपतमा परेका छन् । अर्थमन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका भट्टराई आवेशमा बोल्ने र फुर्सदमा पछुताउने नेताका रूपमा परिचित छन् ।

 

त्यही छुच्चो बोलीका कारण अथाह ज्ञान हुँदाहुँदै पनि बाबुराम आलोचित भइरहन्छन् । एउटा पुस्ता उनीप्रति सकारात्मक देखिँदैन । अहिले बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा बाबुरामले बोलेका अभिव्यक्ति र लेखेका स्टाटस उनकै लागि गलपासो बनेको छ ।देशमा निर्वाचनको माहोल छ ।

भलै बाबुराम प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छैनन् । तर उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् ।

 

भाइबुहारी दुर्गादेवी भट्टराईलाई प्रतिनिधिसभा सदस्यको समानु पातिक बन्दसूचीमा राखेका छन् ।बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत हुन् । तर उनले चुनावमा आफ्नो पार्टीको चुनाव चिन्ह नलिई ।

 

माओवादीको हँसिया हथौडा लिएर छोरी र आफ्नो पार्टीको उम्मेदवारलाई मैदानमा खटाएका छन् । गोरखा २ मा उनी आफैं नउठेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएका छन् ।