Thursday, December 8
Shadow

मलाई रबिन्द्र मिश्र गोबरसंग नदाज्नुहोस म सखर हु: बाबुराम भट्टराई

काठमाडौ।

 

डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्षयता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभएकाे छ। आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

 

उहाँले सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो नाम परिवर्तन भए पनि सार एउटै छ।

 

अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ। समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो।सामाजिक सञ्जालमा म र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा आइरहेकाे रहेछ।

 

रवीन्द्र मिश्र राजावादीतिर जाँदैछन्, बाबुराम पनि पछि फर्किए भनेर लेखेकाे देख्न सकिन्छ। गुड (सखर) र गोबर हेर्दा त उस्तै–उस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन।हामी अग्रगमनको कुरा गरिरहेका छौँ।

समुच्चतामा समाज रूपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे फेरि पछाडितिर घुमाइ फिराइ राजतन्त्र, एकात्मक राज्य सत्ता, निरङ्कुशतातिर फर्किने अभ्यास गरिरहेको छ।

त्यसैले यो एउटै भन्न मिल्दैन, यस कारण युवा विद्यार्थीहरू सामा जिक सञ्जालमा यस्ता कुराबाट मुक्त हुनुपर्छ।’कार्यक्रममा बाेल्दै अध्यक्ष भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयाे।

कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ।

 

 

एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रूपमा पछिसम्म स्थापित हुने उहाँले बताउनुभयाे।