Thursday, December 8
Shadow

गोरखा लाइ चितवन जस्तै बिकास गर्नु छ त्यसैले म गोरखा आए : प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र) ।

 

का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताउनुभएको छ ।माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकाममा रहेको पार्टी कार्यालयमा आज शुक्रवार आयोजना गरेको  ।

 

निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पार्नुभयो ।‘म गोरखा आएको पार्टी निर्माण,।

 

रूपान्तरण र क्रान्तिकारी बिउ बचाउनका लागि हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणीमात्र हो ।’उहाँले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको ।

 

भन्दै चितवन पनि जित सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो ।‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘माओवादी नेता कार्यकर्तामात्र होइनकांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौँ तपाईँ ।

 

 

चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।’ अर्को फरक प्रसङ्गमा उहाँले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताउनुभयो ।