Friday, March 31
Shadow

धरानमा १६ वर्षीया स्नेहा निरौला बनिन् स्कुलको प्रधानाध्यापक !

धरानः धरान-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् । किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् ।

 

विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय हुनुपर्ने बताइन् । विद्यालय तथा अन्य क्षेत्रमा किशोरी हरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर साmे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।

 

स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको प्रधाना ध्यापक हुन पाएकोमा खुशी प्राप्त भएको बताउँदै आफूमा भएको नेतृत्व, सीप, बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसि करुपमै तयार भएको भन्दै भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको र विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् ।

 

आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना ।

 

निर्माणदेखि कार्यान्वयन तहसम्मको भूमिका रहेने बताइन् । प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो । प्रतिक्रिया