Sunday, December 4
Shadow

डडेल्धुरामा एकीकृत समाजवादीले देउवालाई भोट नदिने

काठमाडौं ।

 

सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ।डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि ।

 

उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस ९बिपी० का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो।कांग्रेसले आफूहरू लाई प्रदेश सभामा उठ्न नदिएपछि यस्तो निर्णय लिइएको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टले सेतोपाटीलाई बताए।‘हामीले प्रदेश ।

 

सभाको एउटा सिट माग गरेका थियौं। एउटा सिट माओवादीलाई दिएर अर्कोमा कांग्रेस नै उठ्यो। पार्टी जोगाउनुपर्ने भएपछि हामीले कांग्रेसलाई समर्थन नगर्ने भएका हौं,’ बिष्टले भने।गठबन्धनविरूद्ध नउभिन एकीकृत ।

 

समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आग्रह गरे पनि बाध्यात्मक परिस्थितिका कारण देउवालाई समर्थन गर्न नसकिने जानकारी गराएको बिष्टले बताए।