Thursday, December 8
Shadow

लोक गायक राजु परियारका बुबाको निधन

काठमाडौ ।

 

लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

 

३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो । काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो ।

 

चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो । लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको।

 

उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।

 

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । काठमाडौंमा जेठो छोरा राजुले उपचार गराइरहेका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।