रोल्पाको नुवागाउँमा ।
जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् ।
कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ । उनीसँग एक अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ ।
केमा व्यस्त हुनुहन्छ ?
आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु । साउनमा मलेसिया जान्छु । यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए । तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो । तीजको गीतमा पनि अलि व्यस्त छु ।
तपाईंंको फेसबुक पेज त धेरै छ नि ? आफैँ चलाउनु हुन्छ कि ?(हास्दै) हेर्नु, मैले फेसबुक त भर्खर हो चलाउन थालेको । फेसबुक नचलाउदा पनि साथीहरुले तेरो त फेसबुक रै’छ भन्नुहुन्थ्यो । जबकी मैले फेसबुक नै त्यो बेला चलाउँदैन थिएँ ।
अब आफै बुझ्नु । मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन् । बेलाब खत त निकै चर्चामा आउनु हुन्छ नि ? तपाईंंको अन्तरवार्ता त नेपाल टेलिभिजन र हिमालय टेलिभिजनले रोक पनि लगाएछ ?यस्तै हो ।
खोइ, उहाँहरुलाई के कारण रोक लगाउनुभयो । मिडियामा आएअनुसार मेरो पहिरनलाई भनिएको छ । म त गायिका भन्दा आफूलाई पर्फमर मान्छु । जुन म हो पनि । त्यसकारण एउटा पर्फमरले आफूलाई चिटिक्क त देखाउन चाहन्छ नि ! ।
तपाईंले पहिरन पनि छाति देखाएर लगाउनु हुन्छ भन्ने अरोप छ निहाहाहा….हेर्नुस्, तपाईंले भनेको कुरा म बुझ्छु । मैले पुरै छाति देखाएर लुगा लगाएको छैन । तर जो ले जेसुकै भनोस् । मलाई मेरो क्लिभेज धेरै मन पर्छ ।
रोल्पादेखि काठमाडौँसम्म आउदा कति सजिलो भयो ?म रोल्पाबाट पहिला दाङ झरेको हुँ । त्यसपछि दाङबाट काठमाडौँको यात्रा गरेको हुँ । दाङबाट काठमाडौँको यात्रा त बसमा सजिलै भयो । तर काठमाडौँमा पुगेपछि संघर्ष सुरु भयो ।
तपाईंलाई त तपाईंको श्रीमानले शा रीरिक स म्बन्धमा सन्तुष्टी दिनु हुँदैन रे नि ?हाहाहा, अब तपाईंको यो प्रश्नको उत्तर मैले के भनेर दिनु । म कानुनीरुपमा कसैसँग बिहे भएको छैन । जहाँसम्म मायाको कुरा छ, त्यो त ममात्र होइन । सबैलाई हुन्छ । बिहे नभएको मान्छेको श्रीमान कहाँबाट आयो ।