Thursday, December 8
Shadow

बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

काठमाडौं ।

 

नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ।

 

यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ ।आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ ।

 

उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ । तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ ।

 

भने आईभीएफ विधि प्रयोग गरिन्छ ।आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।bकतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् ।

 

उनीहरुका लागि बिर्य दाता चाहिन्छ ।उक्त बिर्यको चाँजोपाँजो आईयूआई र आईभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।