Sunday, December 4
Shadow

म बाहेक अरु सवै नेता भ्रष्टाचारी : प्रचण्ड

गोर्खा, असोज २८ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूबाहेक सवै नेताहरु भ्रष्ट रहेको आरोप लगाउनु भएको छ । चितवन–३ छाडेर गोर्खा २ मा चुनाव लडन जानभएका प्रचण्डले आज आफ्नो निर्वाचन क्षेत्रमा यस्तो बताउनु भएको हो ।

 

प्रचण्डले संसदवादीहरूमध्ये आफूमात्र भ्रष्टाचारमुक्त रहेको पटक पटक जिकिर गर्नुभयो । आफ्नो पार्टी माओवादीकै कतिपय सांस दहरु भ्रष्टाचारबाट मुक्त नरहेको भन्दै प्रचण्डले आफू भने भ्रष्टाचा रको छिटाबाट निकै टाढा रहेको जिकिर गर्नुभयो ।

 

गोरखामा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘संसदवादीहरूमध्ये म मात्र भ्रष्टाचारमुक्त रहेको मान्छे हो, हाम्रै पार्टी माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त रहेनन, म भने भ्रष्टाचारको छिटाबाट निकै टाढा छु ।

 

सम्बोधनको क्रममा माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना पनि सुनाउनु भयो र घुँक्कघुँक्क रोएको नाटक गर्नुभयो ।

 

प्रचण्डले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने भन्दै पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको जिकिर गर्नुभयो ।