Friday, June 9
Shadow

देशले मलाइ खोजी रहेको छ : बामु राम

पूर्वप्रधानमन्त्री डा.बाबुराम ।

 

भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन्।शुक्रबार एसाेसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

 

उनले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए। नेता भट्टराईले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर ।

 

मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए।उनले भने,‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै, हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौँ। सबैले आत्मसमीक्षा गर्नु जरुरी छ। अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु।

 

हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिव, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन। नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ।

 

वाग्लेजस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन। अनि देश बन्छ? विकास भनेको समय हो। समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन। विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन।’

 

नेता भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको पनि बताए।