Friday, June 9
Shadow

म अब १० वर्ष मरेर काम गर्छु, भोट गरेर जिताउनु होस (भिडियो सहित)

काठमाडौं ।

 

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अबको १० वर्ष मात्रै सक्रिय राजनीति गर्ने घोषणा गर्नुभएको छ। कांग्रेस महामन्त्री समेत रहनु भएका थापाले एक भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो।

 

थापाले मेरो संकल्प, अबको १० वर्ष भन्दै साझा गरेको भिडियोमा भन्नु भएको छ, ‘म त जम्मा टेन इयर्स (वर्ष) हो, अब टेन इयर्स काम गर्छु, मरेर काम, जति सक्छु गर्छ। ठ्याक्क टेन इयर्स पछाडी, ठ्याक्क स्वीच अफ गर्ने हो, ।

 

मेरो आफ्नो बाटो लाग्ने हो, मैलै त नयाँ मान्छेलाई ठाउँ दिने हो।’आफूहरुलाई बुढापाकाले काम गर्न नदिएको भन्दै आफ्नो पुस्ताले नयाँका लागि अवसर खुला गर्ने पनि उहाँले जानकारी गराउनु भएको छ। अबको १० वर्षभित्र नयाँ मान्छेहरु नेतृत्व गर्न आइसक्ने थापाको तर्क छ।

 

उहाँले अगाडि भन्नुभयो, ‘त्यो बेला सम्म त यति खत्तरा मान्छेहरु आइसकेको हुन्छ, हुनैपर्छ कि उनीहरुले हाम्रो भन्दा राम्रो गर्नैपर्यो, यो बुढाहरुले हामीलाई त्यो गर्न दिएनके, हाम्रो बाटो रोक्यो, हामी लडिराछ फेरि गर्न दिएन भनेर हात उठाएर हिडेको होइन।’