लामिछानेलाई ।
आरोप लगाउने किशोरी भेट्न हेडलाइन टिम पुग्यो माइती नेपाल, भयो एस्तो अडियो सार्वजनीक (भिडियो सहित)
समाचारNo Commenton लामिछानेलाई आरोप लगाउने किशोरी भेट्न हेडलाइन टिम पुग्यो माइती नेपाल, भयो एस्तो अडियो सार्वजनीक (भिडियो सहित) ।
नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।
नितान्त आफ्नो प्रतिभा र मेहनतको बलमा कलिलै उमेरमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए सन्दीपले । नामसँगै दाम पनि यथेष्ट कमाइरहेका थिए । तर, मान्छेका दुर्दिन कतिबेला सुरु हुन्छन्, कसले पूर्वानुमान लगाउन सक्छ र ? एकैपटक धरहराको उचाइबाट खसेर भूईंमा पछारिएका छन् सन्दीप ।
जक (जबरजस्ती करणी)को आरोपमा जाहेरी परेसँगै उनको रुमानी यात्रामा ब्रेकमात्र लागेको छैन, अहिलेसम्म कमाएको नाम र प्रतिष्ठामा डढेलो लागेको छ । धूलो टक्टकाउँदै उठेर फेरि पुरानो लय समात्न त्यति सजिलो देखिँदैन । गत साता दोहाबाट नेपाल फर्किने क्रममा सन्दीप पक्राउ परे ।
क्रिकेटको बल समाउने हातमा फलामे हत्कडी लाग्यो । र, एउटा ‘स्टार’बाट उनी अभियुक्त बन्न पुगे, त्यो पनि बलात्कारजस्तो संगीन आरोपमा । हिजोसम्म चमकदमकपूर्ण जीवन बाँचिरहेका उनी आज प्रहरी हिरासतको चिसो छिँडीमा जाकिएका छन् । आरोप लागेदेखि नै आफू निर्दोष रहेको जिकिर गरिरहेका छन् सन्दीप ।
तर, अदालतको अन्तिम फैसला नआउँदासम्म उनी निर्दोष मानिने छैनन् । त्यसमाथि अहिले त कसैमाथि आरोप लाग्नासाथ अपराधी करार गरिहाल्ने र दुत्कार्न थालिहाल्ने सामाजिक सञ्जाल हामीसँग छ । महिला संवेदनशीलताको नाममा जाहेरीकर्ताको बयानलाई अन्तिम सत्य मान्ने ।
र आरोपीको कुरा सुन्नु त परै जाओस्, नाम लिँदासमेत मुख कुल्ला गर्ने ढोंगी सञ्चारमाध्यम हामीसँग छन् । अनि, जाहेरी पर्नासाथ मिडियाबाजी गर्न हतारिने र आत्मसमर्पण गर्न आएको व्यक्तिलाई हातमा हत्कडी लगाएर बहादुरी प्रदर्शन गर्ने ।
प्रहरीको त झन् के कुरा गर्नु ? दोषी सावित भए सन्दीपले कानून बमोजिम सजायको हकदार हुनुपर्छ नै । तर, अदालतले सफाइ दियो भने अहिले भएको बदनामी र चरित्रहत्याको क्षतिपूर्ति कसरी हुन्छ ? भड्खालोमा परेको उनको खेल करिअरलाई कसले बाहिर निकाल्छ ? उनले र परिवारले खेपेको प्रताडनको मूल्य कसले चुक्ता गर्छ ? प्रश्नहरु अनुत्तरित छन् ।
सन्दीपमाथि लागेको मुद्दामा प्रहरी अनुसन्धान जारी छ । अन्तिम न्याय निरुपण गर्ने भनेको अदालतले हो । तर, सञ्चारमाध्यमले जाहेरीकर्ताको एंगलबाट निरन्तर एकपक्षीय समाचार सम्प्रेषण गर्दा न्याय दिने निकायहरुलाई अनावश्यक दबाब पर्छ नै । आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषीका रुपमा नहेर्नु र दुवै पक्षको भनाइलाई स्थान दिनु सञ्चारमाध्यमको धर्म हो ।