प्रधानमन्त्री ।
शेर बहादुर देउवा पत्नी आरजु राणाले आफुहरुलाई जिताए युवालाई फ्रि–भिसा, फ्रि–टिकटमा मलेसिया पठाउछौं भन्ने अभिब्यतिm सामाजिक सञ्जालमा निकै भाईरल भइरहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयत दर्ता उहाँकी धर्मपत्नी आरजु देउवा राणाले गर्नुभएको छ ।
वारेसनामा लिएर पुग्नुभएकी राणाले उम्मेदवारी दर्ता गराएर विदेश जाने युवालाई फ्रि–भिसा, फ्रि–टिकट दिने व्यवस्था गर्ने बताउनुभयो ।स्थानीय तहको चुनावमा पनि उहाँले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाउनुभएको थियो ।
यही विषयमा उहाँलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।डडेलधुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था ९एनजीओ० ले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने काम गर्छौं ।
प्रधानमन्त्री देउवाको मनोनयन दर्ता गराउँदै डडेल्धुरालाई पर्यटकीय क्षेत्र बनाउने र आधुनिक सहर बनाउने पनि उहाँले वाचा गर्नुभयो । आफ्नै क्षेत्रमा आफ्नो मनोनयन दर्ता गर्न देउवा भने पुग्नुभएन ।उनको यो भनाई ।
प्रति धेरै जनाले बिभिन्न प्रतिकृयाहरु दिईरहेका छन । उनलाई कतिपयले दलाल पनि भनेका छन । उनको सामाजिक सञ्जालमा चर्कौ बिरोध पनि भएको छ ।