नेपाली खेल क्षेत्रका ।
एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरासतमा रहनुपर्नेछ । असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।