Thursday, December 8
Shadow

बाँकेमा अनियन्त्रीत भई जिप पल्टियो : कृष्णको मृत्यु, तीन जना घाइते, शिसिरको अवस्था गम्भिर

बाँकेको राप्तीसोनारी ।

 

गाँउपालिका–२ झुरीखोलामा जिप दु`र्घटना हुँदा आज चालकको मृ`त्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृ`त्यु भएको हो ।

काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृ`त्यु भएको हो । घाइते भएका मध्ये बीरेन्द्रनगर ।

 

नगरपालिका ७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।