काठमाडौँ असोज २७ ,।
नेकपा एमालेका नेता भीमबहादुर रावलले भारतलले अतिक्रमण गरेको भूमिसहित संसदबाट नक्सा पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको दाबी गरेका छन्।
तत्कालीन अवस्थामा नेकपा कायमै रहँदा सत्ताको नेतृत्व गरेका ओलीले भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निकाल्न ओलीले नमानेपछि दबाब दिनुपरेको उनले बताए।
भारतीय अतिक्रमणमा परेको भूमि समेटेर संसदबाट नक्सा पास गर्न ओली मानेका थिएनन्। उक्त नक्सा निकाल्नका लागि तत्कालीन नेकपाको सचिवालयले निर्देशन नै दिनुपरेको थियो’, उनले भने, ‘अर्कातिर।
संसदमा पनि हामीले दबाब दिएका थियौँ। पार्टी र संसदबाट पनि दबाब परेपछि ओली बाध्य भएका हुन्।’रावलले रअ प्रमुख सामन्त गोयलसँग मध्यराति बालुवाटारमा ओलीले भेटेपछि नेकपाभित्र भाँडभैलो सुरु भएको पनि बताए।
सामन्त गोयलसँगको उक्त शंकास्पद भेटका कारण नेकपामा समस्या बढेको हो’, उनले भने, ‘दुईतिहाइको सरकार हुँदा पनि राष्ट्रहितविरोधी अनेक गतिविधि भएका थिए।
जसको मैले विरोध गर्दा, संसदमा राष्ट्रहितको पक्षमा बोल्दा पार्टीको नियम तोडेको आरोप ओली गुटका मान्छेले लगाएर मलाई लखेटे।’