Sunday, December 4
Shadow

सबैको मनमा बसेकी २७ वर्षीय डाक्टर सुस्मिता पाठक ललितपुरमा मृत फेला,शव कोठाको भुइँमा!

काठमाडौं ।

 

एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभयो ।

 

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

 

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने ।

 

औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन् ।

घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान थालेको छ ।मृदुभाषी बिरामीलाईपनि राम्रोसँगले बोलाउने, राम्रो व्यवहार गर्ने भएकाले उनी सबैको मनमा बस्न थालेकी थिइन् । मृत्युको कारण भने अझै खुलेको छैन ।(जनबोली)